दार्चुला । दार्चुलाका दुई वटा सीमापुल खुलेको तीन दिनमा ९३४ जनाले आवतजावत गरेका छन ।

भारतीय पेन्सनधारी नेपाली र भारतीय बैंकमा कारोबार रहेका नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै दुबै देशका स्थानीय प्रशासनविच ५ गतेदेखि ७ गतेसम्म दार्चुलाको खलंगा र जौलजिवी नाका खोल्ने सहमित भएको थियो । दुबै देशका प्रशासनको समन्वयपछि बुधबारबाट शुक्रबारसम्म प्रतेक दिन विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म दार्चुलाको खलंगा र जौलजिवी नाका खुल्ला गरिएका थिए ।

सीमापुल खुलेको पहिलो दिन खलंगा सीमानाकाबाट एक सय ६८ जना महिला र एक सय आठ जना पुरुषले आवत जावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । त्यस्तै खलंगा सीमानाकाबाटै विहिबार ८० महिला र एक सय २३ जना पुरुष गरि दुई सय तीन जना र शुक्रबार ८५ महिला र ६३ जना पुरुष गरि एक सय ४८ जनाले आवत जावत गरेको चन्दले बताउनुभयो ।

तीन दिनको अवधिमा खलंगा सीमानाका बाट तीन सय ३३ महिला र दुई सय ९४ पुरुष गरि छ सय २७ जनाले आवत जावत गरेका छन् ।

त्यस्तै जौलजिवी सीमानाका खुलेको पहिलो दिन बुधबार ४१ महिला र १७ पुरुष गरि ५८ जनाले आवत जावत गरेका छन् । यस्तै विहिबार ५६ महिला र ८५ पुरुष गरि एक सय ४१ जना र शुक्रबार ३२ महिला र ७६ पुरुष गरि एक सय आठ जनाले आवत जावत गरेका छन् । तीन दिनको अवधिमा जौलजिवी सिमानाकाबाट एक सय २९ महिला र एक सय ७८ जना पुरुषले आवत जावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका दुबै नाकाबाट चार सय ६२ महिला र चार सय ७२ पुरुष गरि नौ सय ३४ जना भारतीय पेन्सनर, भारतीय बैंकमा खातारहेका नेपाली नागरिक र केहि स्थानीयहरुले आवत जावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बुधबार जौलजिवी नाकामा समयमै पुल नखुल्दा नेपालीहरु भारतमै अलपत्र परेका थिए । शुक्रबार खलंगा नाका निर्धारित समय भन्दा अगाडी नै भारतीय पक्षले बन्द गरीदिदा केहि नेपाली भारतमै रोकिएका थिए भने भारत फर्किन लागेकाहरु बिच पुलमै अड्किएका थिए ।

दुबै देशको स्थानीय प्रशासनबिचको समन्वयपछि शुक्रबार बेलुकी ५ बजेतिर पुल खुलाएर फसेका दुबै देशका नागरिकहरुको उद्धार गरिएको छ ।

नेपाली पक्षको परनिर्भरता, कमजोर मानसिकता र निरह प्रशासनको कारण भारतीय पक्षले पुल खोल्न र बन्द गर्न समेत आफ्नै हैकम जमाएको पुलमा आवतजावत गरेका केहि नागरिकले प्रतिक्रिया दिएका छन् ।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?