ईपीएल : म्यानचेस्टर युनाइटेड र चेल्सीको खेल गोलरहित बराबरी

दार्चुला । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

शनिबार राति भएको खेलमा युनाइटेड र चेल्सीले गोलरहित बराबरी खेले । ओल्ड ट्राफोर्डमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा एकरएक अङ्क बाँड्नु परेको हो ।

बराबरीसँगै युनाइटेडले ५ खेलमा ७ अङ्क जोडेको छ । युनाइटेड तालिकाको ११ औँ स्थानमा रहेको छ ।

त्यस्तै चेल्सीले ६ खेलमा ९ अङ्क जोडेको छ । चेल्सी तालिकाको छैटौँ स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा क्रिस्टल प्यालेसले फुलहमलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै लिड्स युनाइटेडले एस्टन भिलालाई तीन–शून्यले हराएको छ । वेस्ट ह्याम र म्यानचेस्टर सिटीले एक–एक गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?