कञ्चनपुर । कञ्चनपुरमा छोराले आमाको हत्या गरेका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३० वर्षीय पप्पु वादीले ५७ वर्षीया आमा पार्वतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले शनिबार राती घरायसी विवाद हुँदा पप्पुले आमालाई कुटपिट गरी हत्या गरेको जानकारी दिनुभयो ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएकी पार्वतीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

मृतकको शव परीक्षणका लागि सेती अस्पतालमा राखिएको छ भने कुटपिट गरी हत्या गर्ने छोरालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ ।

मृतकको टाउकोमा गम्भीर चोट लागेको पाइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?