आईपीएल : आज बैंगलोर र साविक उपविजेता चेन्नईबीच प्रतिस्पर्धा हुँदै

दार्चुला । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज (आइतबार) हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबईमा बैंगलोर आफ्नो ११ औं चेन्नई आफ्नो १२ औं खेलका लागि मैदान उत्रन लागेका हुन् । बैंगलोर र चेन्नईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर चेन्नईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

बैंगलोर १० खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बैंगलोर प्ले अफ नजिक रहेको छ ।

तर, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नईलाई हराउन बैंगलोरलाई सहज भने छैन ।

किनकि बैंगलोरविरुद्ध मैदान उत्रदा चेन्नई गर या मरको स्थितिमा हुनेछ ।

पुछारमा रहेको चेन्नईलाई प्ले अफमा पुग्ने गणितीय सम्भावना कायम राख्न पनि जित्नै पर्ने दबाब रहेको छ ।

चेन्नईले ११ खेलमा ६ अंक जोडेको छ । बैंगलोरसँग पराजित भएमा चेन्नईको आईपीएल यात्रा सकिने छ ।

यस्तै चेन्नई अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यस अघिको भेटमा बैंगलोरले चेन्नईलाई ३७ रनले हराएको थियो ।

चेन्नईले बैंगलोरविरुद्ध धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीको साथ रहने छ ।

बैंगलोरसँग कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनी जस्ता खेलाडीको साथ रहने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?