दार्चुलाको दुहुँ गाउँपालिकाले निर्माण गरेको शिद्धटोपी भ्यू टावरबाट ब्रह्म दह, पासा दह लगायत विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु, नेपाल र भारतका हिमशृङखलाहरु र प्राकृतिक मनोरम दृश्यहरुको सजिलै अवलोकन गर्न सकिन्छ ।

समुद्री सतहबाट झण्डै ३९०० मिटरको उचाईमा रहेको भ्यू टावरको निर्माण कार्य सम्पन्न भएपश्चात विभिन्न ठाउँबाट आन्तरिक पर्यटकको आगमन भइरहेको स्थानीय एबं दुहुँ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र राज जोशीले जानकारी दिनुभयो ।

४३ लाख रुपैँया लागतमा जय व्याँस निर्माण सेवाले निर्माणको जिम्मा पाएकोमा अन्तिम भुक्तानी हुन बाकी रहेको छ । सिद्धटोपी मन्दिर नजिकै निर्माण भएको भ्यू टावरबाट दार्चुलाको दुहुँका साथै व्याँस र नौगाड लगायत स्थानीय तहका पर्यटकीय स्थानहरु, बैतडी, बझाङ, डडेल्धुरा र तराइको केहि भूभागको समेत दृश्याअवलोकन गर्न सकिने स्थानीयहरु बताउछन् ।

भ्यु टावरले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने र आन्तरिक र बाह्य पर्यटकहरुको गन्तब्य बन्न सक्ने गाउँपालिकाले विश्वास लिएको छ ।

तस्बिर : बिरेन्द्र राज जोशी, सूचना, प्रविधि अधिकृत दुहुँ गाउँपालिका दार्चुला ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?