आईपीएल : आज साविक विजेता मुम्बई र बैंगलोरबीच प्रतिस्पर्धा हुदै

दार्चुला । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज (बुधबार) साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ ।

शीर्ष स्थानको मुम्बईले अबुधाबीमा बैंगलोरसँग खेल्नेछ । मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।शेख जायद क्रिकेट मैदानमा मुम्बई आठौं जितको खोजीमा हुनेछ ।

अघिल्ला ११ खेलमा ७ जितसहित १४ अंक जोडेको मुम्बई शीर्ष स्थानमा रहेको छ ।मुम्बई बैंगलोरलाई हराएर शीर्ष यथावत राख्न चाहन्छ ।

मुम्बई जित निकाल्दै प्ले अफ सुरक्षित गर्न चाहन्छ ।बैंगलोरसँग मुम्बई अघिल्लो भेटमा व्यहोरेको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो ।

तर, बैंगलोरविरुद्ध मुम्बईका कप्तान रोहित शर्माले खेल्ने सम्भावना न्यून रहेको छ । चोटका कारण उनले पछिल्लो दुई खेल गुमाईसकेका छन् ।

यता, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर पनि आठौं जितको खोजीमा हुनेछ ।बैंगलोर मुम्बईलाई हराएर शीर्ष स्थानमा समेत उक्लन चाहन्छ ।

बैंगलोर ११ खेलमा १४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

मुम्बईविरुद्ध बैंगलोरले कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनीलाई मैदान उतार्ने छन् ।

मुम्बईसँग क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडीको साथ रहने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?