दार्चुला । तत्कालीन नेकपा एमाले दार्चुलाका संस्थापक पार्टी प्रमुख एबं नेकपा अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्नाको विहिबार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।

साढे तीन वर्ष लामो समयदेखि मुखको क्यान्सरबाट पीडित ठगुन्नाको बुधबार काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो । उहाँको दुखद निधनपछि पशुपतिमा विहिबार शोक सभाको समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेकपा स्थायी समिति सदस्य भिम रावल, दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेशसिँह ठगुन्ना, महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्ट लगायत जनप्रतिनिधि, राजनीतिकर्मी र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

No description available.

दार्चुलामा कम्युनिष्ट तथा बाम आन्दोलनका शिर्ष नेता ठगुन्नाको निधन भएपछि नेकपा दार्चुलाले समेत शोक व्यक्त गरेको छ । वि.सं. २०११ साल फागुन १३ गते नौगाड गाउँपालिकाको खार गाउँमा जन्मिएका नेता ठगुन्ना २०३० सालदेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको नेता धामीले बताउनुभयो । ४७ वर्ष पहिले कम्युनिष्ट आन्दोलनमा होमिएका नेता ठगुन्ना २०३५ देखि अनेरास्ववियुमा आबद्ध हुनुभएको थियो । २०३७ असोजदेखि नेकपा मालेमा आबद्ध रहेका उहाँ २०४७ असार १२ देखि नेकपा इकाई कमिटी बझाङको बुंगल क्षेत्र सचिव रहनुभएको थियो ।

२०४७ सालमा तत्कालिन नेकपा एमालेको पार्टी सचिव हुनुभएको थियो । उहाँले तीन कार्यकाल दार्चुला जिल्लामा नेकपा एमाले पार्टी सचिव भई कम्युनिष्ट आन्दोलनको अगुवाइ गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातक सम्मको औपचारीक शिक्षा लिएका नेता ठगुन्नाले निजामति सेवामा दुई वर्ष सेवा गर्नुभएको थियो ।

महादेव मावि अठपाली बझाङका संस्थापक प्रधानाध्यापक समेत रहनुभएका नेता ठगुन्नाले विद्यार्थी जीवनकालबाटै कम्युनिष्ट आन्दोलनमा होमिएपछि शिक्षक पेशालाई त्यागेर दार्चुला जिल्लामा कम्युनिष्ट आन्दोलन जन्माउनुभएको थियो । सरकारी जागिर त्यागेर कम्युनिष्ट आन्दोलनमा होमिएका उहाँ २०४८ सालको महानिर्वाचनमा जिल्लाबाट सांसद पदमा उम्मेदवार बन्नुभएको थियो । २०५१ सालको मध्यावधि चुनावमा राष्ट्रबादी नेता स्वर्गिय प्रेमसिंह धामीलाई जिताउन सहयोग गर्नुभएको थियो ।

२०४९ सालमा जिल्ला विकास समिति सदस्यमा निर्वाचित हुदै २०५४ सालमा जिल्ला विकास समिति उपसभापतिमा निर्वाचित हुनुभएको थियो । २०५१ सालमा सुकुम्बासी आयोगका जिल्ला अध्यक्ष समेत बनेका नेता ठगुन्ना २०५६ सालमा जिल्लाबाट कम्युनिष्ट पार्टीको सांसद पदमा उम्मेदवार बन्नुभएको थियो । २०४८ सालमा राप्रपा नेता अगवर बहादुर सिह र २०५६ सालमा नेपाली काग्रेशका नेता दिलेन्द्र प्रसाद बडूसंग पराजित हुनुभएको थियो ।

केपी ओली पहिलो पटक प्रधानमन्त्री हुदा २०७१ सालमा समाज कल्याण परिषदको कोषाध्यक्ष बनेका नेता ठगुन्ना विगत ४० महिना यता क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो । दुई पटक सांसद पदमा उम्मेदवार बनेका ठगुन्नाले २०६४ सालको संविधानसभा र २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन नेकपा एमालेको तर्फबाट नेकपा केन्द्रिय सदस्य गणेशसिह ठगुन्नालाई सघाउनुभएको थियो ।

उहाँले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दालाई निरन्तर उठाउनुभएको थियो । जननेता स्वर्गिय मदन भण्डारी, राष्ट्रबादी नेता स्वर्गिय प्रेमसिंह धामीसंगको नियमित सल्लाहपछि उहाँले कालापानीको स्थलगत भ्रमण समेत गर्नुभएको थियो । २०४८ सालमा दार्चुला पुगेका जननेता स्वर्गिय मदन भण्डारीसंग छलफल गरि कालापानीको स्थलगत भ्रमण पश्चात् पार्टीलाई प्रतिबेदन समेत बुझाउनुभएको थियो ।

उहाँले ‘कालापानी ओझेलमा, सीमाबासीका पीड’ जस्ता विभिन्न लेख रचनाहरु प्रकाशित गरेर सीमा समस्या र समाधानका उपायहरु पटकपटक उठाउदै आउनुभएको थियो । महाकाली नदीको मुहानदेखि यताको भूभाग नेपालको हो भन्दै लामो समयदेखि वकालत गर्दै आउनुभएका ठगुन्ना कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको नेपालको हक खोजी गर्ने, अध्ययन, अनुसन्धान गरी नेतृत्वसमक्ष रिपोर्टिङ गर्दै आउनुभएको थियो ।

No description available.

No description available.

नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेको भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस

No description available.

No description available.

नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेको भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?