राष्ट्रिय युवा संघ दार्चुला कमिटीमा १० जना थप मनोनित, एकता प्रकृया सम्पन्न

दार्चुला । राष्ट्रिय युवा संघ दार्चुला जिल्ला कमिटीमा १० जना सदस्यहरु थप मनोनित गरिएको छ ।

कार्तिक ७ गतेको बैठकले ५१ सदस्यिय राष्ट्रिय युवा संघ जिल्ला कमिटी चयन गरेको थियो । विधान अनुसार दार्चुलामा ६१ सदस्यिय कमिटी बनाउन सकिने व्यवस्था अनुसार राष्ट्रिय युवा संघ दार्चुलाका संयोजक सुरेन्द्र बहादुर बम र सह-संयोजक गंगादत्त जोशीको सहमतिमा १० जना सदस्य शुक्रबार थप मनोनित गरिएको राष्ट्रिय युवा संघ दार्चुलाका ईन्चार्ज एबं केन्द्रिय सदस्य नरेश गिरीले जानकारी दिनुभयो ।

यो संगै दार्चुलामा राष्ट्रिय युवा संघको एकता प्रकृयाले पुर्णता पाएको ईन्चार्ज गिरीले बताउनुभयो । शुक्रबार मनोनित हुनेमा कोमल बिष्ट, दलबहादुर धामी, जनक अवस्थी, रोहित सुनाम, हितेस बुढाथोकी, लोकेन्द्रसिह ठेकरे, दिपेन्द्र ऐरी, गगनसिह धामी, गोबिन्द सिह कुवँर र ललितसिह खत्री रहेका छन् ।

२०७६ कार्तिक ३० र मंसिर १ गते काठमाण्डौँमा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रिय कमिटी बैठक र राष्ट्रिय एकता भेलाको निर्देशन अनुसार साविकको युवा संघ नेपाल र वाइसियल नेपाल जिल्ला कमिटी दार्चुला बिच एकता भएको हो ।

२०७७ कार्तिक ७ गते र कार्तिक १४ गते राष्ट्रिय युवा संघ नेपाल संयोजक सुरेन्द्र बहादुर बमको अध्यक्षता र नेकपाका जिल्ला कमिटी अध्यक्ष गणेश सिह खत्री, सचिब उदयसिह बडाल, संगठन विभाग प्रमुख ज्ञानेन्द्र बन्दी, प्रचार विभाग प्रमुख खडकसिह बडाल, जिल्ला कमिटी सदस्य धन बहादुर कुवँर, राष्ट्रिय युवा संघ दार्चुला ईन्चार्ज नरेश गिरी, सहईन्चार्ज नरबहादुर बिष्ट, राष्ट्रिय युवा संघ दार्चुलाका सह-संयोजक गंगादत्त जोशीको उपस्थितिमा बसेको बैठकले राष्ट्रिय युवा संघ दार्चुलाको जिल्ला कमिटी र स्थानीय तहको एकता प्रकृया सम्पन्न गरेर अनुमोदनका लागि केन्द्रिय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

दार्चुलाका नौँ वटै स्थानीय तहमा संयोजक र सह-संयोजकको टुङ्गो कार्तिक ७ गते नै लागेको थियो । जसअनुसार महाकाली नगरपालिकाको संयोजक दिनेश थापा र सह-संयोजक दानी राम बिक चयन भएका छन् । शैल्यशिखर नगरपालिकामा संयोजक चुडामणी साउद र सह-संयोजकमा गौरीलाल खडायत चयन भएका छन् ।

व्याँस गाउँपालिकामा संयोजक दिपक सिह डडाल र सह-संयोजक शेर सिह कुवँर, दुहुँ गाउँपालिकामा संयोजक पुष्कर सिह कार्की र सह-संयोजक धन बहादुर बम, लेकम गाउँपालिकामा संयोजक दिपेन्द्र पाल र सह-संयोजक नरेन्द्र रावल, मालिकार्जुन गाउँपालिकामा संयोजक भोज राज पन्त र सह-संयोजक रुप सिह धामी चयन भएका छन् ।

नौगाड गाउँपालिकामा संयोजक भक्त बहादुर ठगुन्ना र सह-संयोजक गणेश राम टमटा, मार्मा गाउँपालिकामा संयोजक देब सिह ठगुन्ना र सह-संयोजक कमल बोहरा, अपि हिमाल गाउँपालिकामा संयोजक धिरन ठेकरे र सह-संयोजक डिला जागरी चयन भएको राष्ट्रिय युवा संघ जिल्ला ईन्चार्ज नरेश गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?