दार्चुला । दार्चुलामा एक युवक झुन्डीएको अवस्थामा मृत फेला परेका छन ।
मार्मा गाउँपालिका वडा नम्बर ४ थाम बस्ने २८ बर्षीय सन्तोष महता झुन्डीएको अवस्थामा मृत फेला परको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।
मृतक महता शुक्रबार राती आफनै घरभन्दा करिब ५० मिटर टाढा काफलको रुखमा झुन्डीएको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
शवलाई पोष्टमार्टमका लागि गोकेलुश्वर ल्याईएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




