दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीमा एक जना बृद्धाको भीरबाट लडेर ज्यान गएको छ । मैखोली खर्कका ६९ वर्षीया नन्दा जोशीको शनिबार विहान भीरबाट लडेर मृत्यु भएको स्थानीय बिष्णु जोशीले जानकारी दिनुभयो ।
स्थानीय जोशीका अनुसार घाँस काट्ने क्रममा घर नजिकैको पैराण भीरबाट लडेर गम्भीर घाइते भएका जोशीको अस्पताल लैजाने तयारी गर्दै गर्दा विहान ११ बजेतिर मृत्यु भएको हो ।
मृतक जोशीको आइतबार विहान बंगाबगर चिहानमा अन्तिम संस्कार गरिने भएकोले शवयात्रामा सहभागि हुन सबै आफन्त, ईष्टमित्र, शुभचिन्तकहरुलाई अनुरोध गरिएको छ ।




