कैलालीका २३ सहित सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, डोटी अस्पताल प्रयोगशाला र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताउनुभयो ।
उहाँका अनुसार ४ वटै प्रयोगशालामा ४ सय ९६ जनाको परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ८ सय २५ पुगेको छ ।
संक्रमित मध्ये ८ हजार ८८ जनाले कोरोना जितेका छन् भने ३५ जनाको मृत्यु भएको छ ।





प्रतिक्रिया