दार्चुलाको मालिकार्जुन गाउँपलिका वडा नम्बर ३ मा विद्युत विस्तारको लागी भन्दै पोल गाडेको २ वर्ष पुरा भएको छ । गत आर्थिक वर्षको कार्तिक महिना बाटै बिद्युत सेवा विस्तार गरि सक्ने भन्दै २०७५ सालमा पोल गाडेको र तार समेत विछ्याएको भए पनि हाल सम्म विजुली नबलेको स्थानीयले गुनासो गरेका छन् ।

मालिकार्जुन गाउँपलिकाको वडा नम्बर ३ मालिकार्जुन र वडा नम्बर २ को भगवतीमा विद्युत विस्तारको लागी पोल गाडेको २ वर्ष पुरा हुदा समेत सम्बन्धीत निकायले विद्युतिकरणको लागी कुनै चासो नदेखाएको मालिकार्जन गाउँपालिका वडा नम्बर ३ का स्थानीय रिनु धामीले बताउनुभयो ।

उहाले भन्नु भयो, गत वर्ष बाटै विद्युत विस्तार हुने खबर पाए पछि यस क्षेत्रका स्थानीय विजुली बाल्न पाउने आसमा खुसी भएका थिए, तर पोल गाडेर लाईन विस्तार गरेको २ वर्ष हुदा समेत विद्युतिकरणको कुनै सुरसार नहुदा मालिकार्जुनका स्थानीयहरु विद्युत सेवा बाट बन्चित भएका छन ।

पोल गाडेर लाईन विस्तार भई सक्दा समेत विद्युतिकरण गर्न नसक्नु विद्युत प्राधिकरणको कमजोरी भएको स्थानीय धामीले बताउनुभयो । नेपाल विद्युत वितरण केन्द्र दार्चुलाले भने केही सामान अपुग भएकोले विद्युत विस्तार गर्न नसकेको जनाएको छ ।

मालिकार्जुन गाउँपालिकाको ऐरिछाना बाट शैल्यशिखर नगरपालिकाको पनेबाज र मालिकार्जुन सम्म गत वर्षबाटै विद्युत विस्तार गर्ने लक्ष्य भएपनि आवश्यक सामान र प्राविधिक जनशक्ति अभावमा समयमै काम सम्पन्न गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण दार्चुलाका सुपरभाईजर कुल दिप सदाले बताउनुभयो । तार, पोल पुगिसकेको क्षेत्रलाई विद्युत विस्तारमा प्राथमीकतामा राखेको बताउदै उहाँले तिहार लगत्तै उक्त क्षेत्रमा विद्युत विस्तार गरिने बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?