नेकपा नेता बीरबहादुर ठगुन्नाको मृत्युपछि लेकमको सर्मोलीमा शोकसभा

दार्चुलाको कम्युनिष्ट तथा बामपन्थी आन्दोलनका संस्थापक नेता एवं तत्कालिन नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य बीरबहादुर ठगुन्नाको कात्तिक १२ गते बुधवार निधन भएपछि उहाँको सम्झानामा लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीमा आज शोकसभाको आयोजना गरिएको छ ।

नेकपा लेकम गाउँपालिका वडा नम्बर १ वडा कमिटी अध्यक्ष मिन सिह बिष्टको अध्यक्षतामा आयोजित शोक सभा कार्यक्रममा नेकपा लेकम गाउँपालिका कमिटी ईन्चार्ज एबं नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रामदत्त जोशीको प्रमुख आतिथ्यता र लेकम गाउँपालिका अध्यक्ष एबं नेकपा जिल्ला कमिटी सचिवालय सदस्य परमानन्द जोशीको विशिष्ट आतिथ्यता रहेको थियो । नेकपा जिल्ला कमिटी सदस्य अमरसिह कार्की, नेकपा लेकम गाउँकमिटी सचिब तारा बोहरा, राष्टिय युवा संघ लेकम गाउँपालिका सह-संयोजक नरेन्द्र रावल लगायत नेता, कार्यकर्ता र शुभचिन्तकहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिले स्वर्गिय नेता बीरबहादुर ठगुन्नाको त्याग र योगदानको स्मरण गर्दै उहाँको सपना सकार पार्न पार्टीका नेता, कार्यकर्ताहरुले जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

यसैबिच नेकपा दार्चुलाले प्रस बिज्ञप्ती जारी गर्दै कार्यालय बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । स्वर्गिय नेता बीरबहादुर ठगुन्ना प्रति श्रद्धाञ्जली व्यक्त गर्ने र १३ औँ दिनको पुण्य तिथिमा कात्तिक २४ गते दार्चुलाका सबै पालिकामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको नेकपा दार्चुलाका प्रचार विभाग प्रमुख खडक सिह बडालले जानकारी दिनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?