दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वर बजारतर्फ सडक किनारास्थित भिरको मुनिपट्टी नालि भित्र एक पुरुषको शव फेला परेको छ । शवको पहिचान गर्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ईप्रका गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्रसिह साउँद नेतृत्वको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।

श्रोतका अनुसार उक्त शव डिलाशैनी गाउँपालिकाको गन्ना घर भएका गोबिन्द घरेडीको हो । शवको छेउमा खसेको मोबाइलबाट सम्पर्क गर्दा उक्त शव गोबिन्द घरेडीको भएको पत्ता लागेको बताइएको छ । यद्धपी आधिकारीक रुपमा पुष्टि हुन बाकी रहेको छ ।

घटना के कारणले, कसरी र कुन समयमा भएको हो भन्ने लगायत विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलको भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?