बैतडीमा लौरो र हतियार प्रहार गरी एउटा गाईको हत्या गरिएको छ । जिल्लाको मेलौली नगरपालिका १ तल्लागाँउ सुनगडाकी सुनकेशरी क्षेत्रीले पालेको गाईको हत्या भएको हो ।
सोमबार राति गोठमा बाँधिराखेको गाईको हत्या गर्ने स्थानीय ३२ वर्षीय अशोक विष्ट फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।
फरार रहेका विष्टमाथि गौहत्याविरुद्धको मुद्धा दर्ता गरेर कानुन बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ । गाई राष्ट्रिय जनावर हो ।





प्रतिक्रिया