सुदूरपश्चिममा थपिए ४० जना संक्रमित, संक्रमितको संख्या  ९ हजार ९ सय ५५ पुग्यो

कैलालीका १७ सहित सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, जिल्ला अस्पताल बझाङ प्रयोगशाला, जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ४ सय ७७ जनाको परीक्षण गरिएकोमा थप ४० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती अस्पताल प्रयोगशालामा २० जना, डोटी अस्पताल प्रयोगशालामा ७ जना, जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ६ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ४ जना र जिल्ला अस्पताल बैतडी प्रयोगशालामा ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या  ९ हजार ९ सय ५५ पुगेको छ।  संक्रमित मध्ये ८ हजार १ सय ३८ जनाले कोरोना जितेका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?