आईपीएल : पहिलो क्वालिफायरमा आज मुम्बई र दिल्ली भिड्दै

दार्चुला । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायरमा आज मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता समेत रहेको मुम्बईले दुबईमा दिल्लीको सामना गर्नेछ । मुम्बई र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्ली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । त्यसैले दुई टिमबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

मुम्बईले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । मुम्बईले १४ खेलमा ९ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायरमा स्थान बनाएको हो ।

दिल्लीविरुद्ध मुम्बई लिग चरणको प्रदर्शन कायम राख्न चाहन्छ । यस्तै मुम्बई दिल्लीविरुद्ध लिग चरणमा अपराजित समेत रहेको थियो ।

लिग चरणको दुई भेटमा मुम्बईले दुबै खेल जितेको थियो । पहिलो खेल मुम्बईले ५ र दोस्रो खेल ९ विकेटले जितेको थियो ।

तर, दिल्लीविरुद्ध मुम्बईका नियमित कप्तान रोहित शर्माले खेल्ने सम्भावना कम रहेको छ । चोटका कारण रोहित पूर्ण रुपमा फिट छैनन् ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली लिगको दोस्रो स्थानमा रहदै क्वालिफायर पुगेको हो । दिल्लीले लिग चरणमा १४ खेलमा ८ जितसहित १६ अंक जोडेको थियो ।

तर, पहिलो क्वालिफायरमा दिल्लीको टिम मुम्बईलाई हराउने लक्ष्यसहित मैदान उत्रने छन् । यस्तै दिल्ली लिग चरणमा व्यहोरेको दुई हारको बदला समेत लिन चाहन्छ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्लीले सन्दीपलाई भने मौका दिएको छैन । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीपले लिग चरणमा मैदान उत्रने मौका पाएनन् ।

मुम्बईविरुद्धको महत्वपूर्ण खेलमा सन्दीपले मौका पाउने सम्भावना कम रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?