खलंगा पुल खुल्दा १६८ जनाले आजतजावत गरे, सीमा बन्दले आठ महिनासम्म राजश्व संकलन सुन्य

दार्चुला सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने खलंगा सीमा पुल खुल्दा आज दिउँसो मात्रै १०५ जना भारतबाट नेपाल भित्रिएका छन् । दार्चुलाबाट ६८ जना भारत गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सीमामा समस्यामा परेका नेपाल र भारत दुबै देशका नागरिकको अनुरोधपछि सीमा पुल खोलिएको र सीमा पुलबाट एक सय ६८ जनाले आवतजावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो । दुबै देशतर्फ सीमामा अलपत्र परेका नागरिकहरुलाई आवतजावत गर्न दिने उद्धेश्यले दुबै देशको स्थानीय प्रशासनबिच समन्वय भएपछि सीमा नाका खोलिएको हो ।

यसैबिच छोटी भन्सार कार्यालय खलंगा दार्चुलाले गत चैत १० गतेदेखि राजश्व संकलन गर्न सकेको छैन् । भारतीय सीमावर्ती क्षेत्र पुलघाटमा रहेको दार्चुलाको एक मात्र छोटी भन्सार कार्यालय खलंगाले लकडाउन र सीमा बन्दका कारण आठ महिनादेखि राजश्व संकलन गर्न नसकेको हो । कोरोनाको जोखिम नियन्त्रण गर्नका लागि सीमा नाका बन्द भएपछि भारतसंग कारोवार नहुदा राजस्व संकलनमा गिरावट आएको छोटी भन्सार कार्यालय दार्चुलाका कर्मचारी मोहन डोबालले बताउनुभयो ।

कार्यालयले गत आर्थिक वर्षको आठ महिना अर्थात चैत १० गतेसम्मको अवधिमा १८ लाख २१ हजार ६८८ रुपैँया राजश्व संकलन गरेको छ । छोटी भन्सार कार्यालय दार्चुलाका अनुसार कार्यालयले साउन महिनामा एक लाख ९२ हजार ४३६ रुपैँया, भदौमा एक लाख ४२ हजार नौँ सय ९९ रुपैँया, असोजमा एक लाख ३१ हजार पाँच सय ११ रुपैँया, कार्तिकमा ५६ हजार चार सय तीन रुपैँया, मंसिरमा एक लाख ७७ हजार दुई सय २३ रुपैँया, पुषमा दुई लाख ४८ हजार ४१ रुपैँया, माघमा चार लाख १६ हजार सात सय ४१ रुपैँया, फागुनमा चार लाख २८ हजार एक सय ८४ रुपैँया तथा चैत्र महिनाको १० गते सम्म २८ हजार एक सय ९३ रुपैँया राजस्व संकलन भएको जनाएको छ ।

गत आर्थिक वर्षको आठ महिनामा सात लाख ५३ हजार दुई सय २० रुपैँया राजस्व बराबरको खरी निकासी भएको छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ । दुहुँ गाउँपालिकामा उत्पादन भएको खरी खलंगा भन्सार हुदै भारतमा निकासी हुने गरेको छ ।

महाकाली भन्सार कार्यालय झुलाघाट अन्तरगत रहेको छोटी भन्सार कार्यालय खलंगालाई चालु आर्थिक वर्षमा भन्सार कार्यालयको रुपमा स्तरोन्नती गरिन लागेको छ । द्धन्दकालदेखि बन्द रहेका जौलजीवि, दत्तु र सीतापुल भन्सार कार्यालय समेत पुर्नस्थापना नहुदा राज्यले लाखौँ राजश्व गुमाउने गरेकोले सञ्चालन हुनुपर्ने स्थानीयको माग छ । दार्चुलामा आधा दर्जन सीमा नाकाहरुमा भन्सार स्थापना गर्नुपर्ने आवश्यकता रहेको छ ।

यसैबिच सीमा बन्द हुदा राजश्व संकलनमा गिरावट आएपनि स्थानीय बजारमा भने सकारात्मक प्रभाव परेको छ । सीमा खुला हुदा दैनिक उपभोग्य सामान खरिदका लागि नेपाली नागरिक भारततर्फ जादा नेपाली बजारमा व्यापार न्यून हुने गरेको थियो । सीमा बन्द हुदा नेपाली बजारमा कारोबार बढेको र नेपालीहरु भारतमा ठगिनबाट जोखिएको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?