आइपीएल : लिमिनेटरमा हैदराबाद र बैंगलोर भिड्दै

दार्चुला । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

क्वालिफायर प्रवेशका लागि हुने हैदराबाद र बैंगलोरबीचको खेल आबुधाबीमा हुनेछ । खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा हैदराबाद र बैंगलोर जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुई टिम जित निकाल्दै दोस्रो क्वालिफायर पुग्न चाहन्छ ।

यस खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । र, फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

एलिमिनेटरमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । त्यसैले हैदराबाद र बैंगलोरबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद तेस्रो स्थानमा रहेर प्ले अफ पुगेको हो । हैदराबादले १४ खेलमा १४ अंक जोडेको थियो ।

लिग चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले हराएपछि हैदराबादको प्ले अफ यात्रा तय भएको थियो ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर भने चौंथो स्थानमा रहेर प्ले अफ पुगेको हो । बैंगलोरले समेत लिग चरणमा १४ खेलमा १४ अंक जोडेको थियो ।

लिग चरणको अन्तिम खेलमा दिल्लीसँग पराजित भएपछि नेट रन रेटमा भाग्यमानी भन्दै बैंगलोरले प्ले अफमा स्थान बनाएको हो ।

हैदराबाद र बैंगलोरले लिग चरणमा दुई पटक प्रतिस्पर्धा गरेका छन् । जसमा दुबै टिमले एक एक जित निकालेको थियो ।

पहिलो भेटमा बैंगलोरले हैदराबादलाई १० रनले हराएको थियो । तर, दोस्रो भेटमा हैदराबादले बैंगलोरलाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?