लेकम हत्या : पक्राउ परेका पाललाई अदालतबाट सात दिन म्याद थप

दार्चुला । पुर्व प्रहरी सहायक निरीक्षक तथा लेकम गाउँपालिका वडा नम्बर ४ टकनाका तेजबहादुर पालको हत्यामा संलग्न रमेश पाललाई जिल्ला अदालत दार्चुलाले सात दिनको म्याद थप गरेको छ ।

पालको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका स्थानीय रमेश पाललाई अनुसन्धानको लागी अदालतबाट सात दिन म्याद थप गरिएको हो ।

यहि कार्तिक १५ गते राती लेकम गाउँपालिका वडा नम्बर ४ टकनामा स्थानीय ४६ वर्षीय भूतपूर्प प्रहरी सहायक निरीक्षक तेज बहादुर पालको हत्यामा संलग्न पाललाई थप अनुसन्धानका लागी सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

आरोपित पाललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रहरी हिरासतमा रहेका रमेश पालले आफूले टाउकोमा लठ्ठीले हिर्काएर मृतक पालको हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।

हत्यामा संलग्न पाललाई कर्तव्य ज्यानमा मुद्धा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?