डोटी । भालुको आक्रमणबाट डोटीको दिपायल सिलगढी नगरपालिका ७ पाकरीको टाटापोल्ला टोल बस्ने ९ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् ।

घाइते बालकको दायाँ हातको पाखुरा र टाउकोमा भालुले आक्रमण गर्दा गहिरो चोट लागेको छ । उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

पाखुराको दुवैतर्फ शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डाक्टर सोहम शाहले बताउनुभयो ।

घाइते बालकका बुवा शेरबहादुर पार्कीका अनुसार घर नजिकै भालु आएर बालकलाई झम्टिएर घाइते बनाएको हो । पाकरीमा भालुले बर्सेनि आक्रमण गर्ने गरेको छ ।

खप्तड राष्ट्रिय निकुञ्जबाट आउने भालु, बँदेलहरुले बर्सेनि यहाँका स्थानीयबासीलाई आक्रमण गर्ने तथा ज्यान नै लिने गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?