दार्चुला । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाकोे दोगडाकेदार गाउँपालिका वडा नम्बर २ टाकगाउँ भन्ने ठाउँमा शनिबार राति पौने ८ बजे जिप दुर्घटना हुदाँ ३२ वर्षका बीर बहादुर कँुवरको घटना स्थलमौ मृत्यु भएको वडा अध्यक्ष दामोदर महराले जानकारी दिनुभयो ।

मृतक कुँवर जिप साहु हुन । दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका जिप चालक दीपक चन्द समान्य घाइते भएका छन् । दोगडाकेदार गाउँपालिका २ सिल्लेगडाबाट कफलकोट तर्फ गईरहेको ग १ ज ५१९२ नम्बरको बोलेरो जिप शनिबार राती पौने ८ बजे दुर्घटनामा परेको हो ।

उक्त जिपमा दुई जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट ६०÷७० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पातल बैतडी लगिएको वडा अध्यक्ष महराले बताउनुभयो ।

जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?