ला लिगामा रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

दार्चुला । ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकालेको छ ।

गएराति भएको खेलमा बेटिसलाई बार्सिलोनाले ५(२ गोल अन्तरले हराएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । खेलको २२ औं मिनेटमा बार्सिलोनाले पाहुना टिम विरुद्ध अग्रता बनायो । उसका लागि डेम्बेलेले गोल गर्न सफल भए ।

ग्रिजमनको पासमा डेम्बेलेले गोल गर्न सफल भए । पहिलो हाफको इन्जुरी समयमा रियल बेटिसले खेल बराबरी गर्न सफल भयो । दोस्रो हाफको अन्तिमसम भने बार्सिलोनाले गोल अन्तर ५–२ बनायो । जितपछि बार्सिलोनाको ६ खेलमा ११ अंक भएको छ । जसका कारण बार्सिलोना आठौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?