बैतडी । बैतडीको शिवनाथ गाउँपालिका ४ बगारकी १८ बर्षीया माया महतालाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेका छन् ।

छिमेकी डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाडमा घासँ काट्न गएका बेला चितुवाले सोमबार दिउँसो आक्रमण गरेर मायाको मृत्यु भएको थियो ।

चितुवाले मायाको लासलाई नछोडेपछि गाउँबाट गएका स्थानीयहरुले साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले जानकारी दिनुभयो ।

चितुवा मार्ने क्रममा तीन चार जना समान्य घाइते भएका जानकारी आएको समेत उहाँले बताउनुभयो । मायाको शवलाई चितुवाले नछोडेपछि घाँस काट्न गएका महिलाहरुले स्थानीयहरुलाई बोलाएका थिए ।

घटनास्थलमा प्रहरी पुग्नुभन्दा अघि नै स्थानीयले चितुवालाई मारेका हुन् । सोही ठाउँमा आइतबार मात्रै डडेल्धुराको भागेश्वरका १२ बर्षीय बालकको समेत चितुवाले ज्यान लिएको थियो । २०६८ साल यता तल्लोसोराडमा चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गईसकेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?