दार्चुलामा योगदान राष्ट्रका लागि नामक समिति गठन

दार्चुला । प्राथमिक उपचार हाम्रो सरोकार भन्ने मुल नाराका साथ योगदान राष्ट्रका लागी समिति दार्चुलामा गठन गरिएको छ ।

भुपेन्द्र सिंह धामी अध्यक्ष रहने गरी २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

समितिको अध्यक्षमा भपेन्द्र सिह धामी, उपाध्यक्षमा शान्ती धामी, कोषाध्यक्षमा कलावती भट्ट, सचिवमा नविन धामी र सह सचिबमा ओम प्रकाश धामी चयन हुनुभएको छ ।

सस्थाले सल्लाहकारमा कृष्ण सिह ठगुन्नालाई चयन गरेको छ । मंगलबार भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका संयोजक कृष्ण बटाला प्रमुख अतिथी रहनु भएको थियो ।

यस्तै कार्यक्रममा अपि हिमाल गाउँपालिकाका कार्य समिति सदस्य रुक्मति जागरी र शान्ती धामीको समेत सहभागिता रहेको जनाएको छ ।

समितिले प्राथमिक उपचार हाम्रो सरोकार सम्बन्धिका तालिम तथा व्यवस्थापनमा जोड दिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?