दार्चुला : एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि

दार्चुला । दार्चुलामा बुधबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा रहेका एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्तव्य ज्यान मुद्दाको अनुसन्धानका लागी पक्राउ परेका शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीय थुनुवा पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

दार्चुलामा पहिलो पटक थुनुवामा कोरोना संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । संक्रमण देखिएका पुरुषको कार्तिक २३ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको र बुधबार कोरोना संक्रमण पुष्टि भएको चन्दले बताउनुभयो ।डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा उहाँमा कोरोना देखिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रहरीले पक्राउ गरेकालाई हिरासतमा राख्नुअघि पिसिआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षा अपनाउने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भए संगै जिल्लामा कोरोना सक्रमितको संख्या दुई सय ६१ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?