लेकम गाउँपालिकामा मौरीपालनको प्रचुर सम्भावना (फोटोफिचर)

दार्चुलाको लेकम, मालिकार्जुन, मार्मा लगायत विभिन्न स्थानीय तहमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको छ ।

लेकमको वडा नम्बर १, २, ३, ४, ५ र ६ सबै वडाहरुमा मौरीपालनको राम्रो सम्भावना रहेको कृषि विज्ञहरु बताउछन् । बुधबार र बिहिबार लेकम गाउँपालिकाको माहुरी पालन हुने सर्मोली, सुङरखाली, बिन्खाली, पिपलकोट, सेजाली, चम्तडी, रिठाचौपाता, मैखोली, रातामाटा, कुणी लगायत विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्नुभएका कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश पन्तले रेडियो लोकदर्पणसंग प्रतिक्रिया दिदै मौरीपालनबाट लेकम क्षेत्रमा मनग्य आम्दानी गर्न सकिने सम्भावना रहेको बताउनुभयो।

दार्चुलाको लेकम गाउँपालिका र मार्मा गाउँपालिकामा चिउरीको उत्पादन बढी हुने भएकोले गुणस्तरीय चिउरी मह उत्पादन गर्न सजिलो रहेको छ । कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख पन्तका अनुसार लेकम गाउँपालिकामा मात्रै कम्तीमा ३० जना किसानले १५ भन्दा बढी घार माहुरी पालेका छन् । लेकम गाउँपालिकाको बिन्खालीका बीर भद्र थलालले ५३ घार माहुरी पालन गरिरहेको बताउनुभयो । सर्मोली सेजालीका गणेश कार्कीले झण्डै ५० घार माहुरी पाल्नुभएको छ ।

माहुरीपालक कृषकहरुले महका साथै मह घार समेत बिक्रि गर्दै आएका छन् । सफल कृषकहरुले माहुरीपालन व्यवसायबाट दुई देखि १० लाख रुपैँयासम्म बार्षीक आम्दानी गर्ने गरेको बताएका छन् ।

लेकम गाउँपालिका वडा नम्बर १ का सफल उद्यमी एबं नमुना माहुरीपालक कृषक गणेश कार्कीले गाउँघरमा मेहनत गरेर व्यवसाय गर्न सके कसैले बिदेशीनु नपर्ने बताउनुहुन्छ । आफुले एक घार मौरीबाट शुरु गरेको व्यवसाय अहिले फष्टाएर राम्रो आम्दानी हुन थालेको अनुभव सुनाउदै उहाँले बेरोजगार युवाहरुलाई व्यवसाय गरेर स्वरोजगार बन्न सुझाब दिनुभएको छ ।

घरको चारैतिर माहुरी घार राखेका कृषक कार्की दिन, रात माहुरीको स्याहारमा समय बिताउने गरेका छन् ।

तस्बिर : प्रकाश पन्त, प्रमुख कृषि ज्ञान केन्द्र दार्चुला

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?