दार्चुला । दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ खोड्पेमा गएराती बस दुर्घटनामा परि मृत्यु भएका ९ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोटका स्थानीय एबं अपि पथप्रर्दशक माबि मार्मा ६ का शिक्षक जगन्नाथ ओझा र लेकम गाउँपालिका वडा नम्बर ४ ओडीगाउँका समाजसेवी र्तकराज गिरी रहेका छन् ।

यस्तै बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ बर्षीया कृतिका कार्की, कञ्चनपुरको भीमदत्त नगरपालिका १० का विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

मृतक मध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । दार्चुला र बैतडीको सीमा क्षेत्र गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सानो घुम्तीबाट बस झण्डै ६ सय मिटर जति तल खसेको बताइएको छ ।

घाइते हुनेमा बैतडीका ८ जना, दार्चुलाका ६ जना, कञ्चनपुरका १० जना, कैलालीका ६ जना, काठ्माण्डौका ३ जना र अछामका १ जना गरी ३४ जना घाइते भएका हुन । बैतडीका ८ जना घाइते भएका छन । जिल्लाको दोगडाकेदार गाउपालिका वडा नं ७ का २८ वर्षीय बिरेन्द्र कार्की, दोगडाकेदार गाउपालिकाका २२ वर्षीय नितेस भट्ट, बैतडीको दोगडाकेदारकाका २२ वर्षीय बिमाला बडु जोशी र उहाँका छोरा सुसांक जोसी, बैतडीकै डिलाशैनी गाउपालिका १ का २० वर्षीय जनक धानुक, दोगडाकेदार गाउपालिका ७ का २७ वर्षीय अमृत बिक, डिलाशैनी गाउपालिका ४ का ३३ वर्षीय लोकेन्द्र बोहरा, बैतडीको पुर्चाेडी नगरपालिकाका २५ वर्षीय सुरज लुहार गरी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै घाइते हुनेमा दार्चुलाका ६ जना रहेका छ । दार्चुलाको लेकम गाउपालिका २ का ५१ वर्षीय बल्देव सिह कार्की, शैल्यशिखर ८ का २७ वर्षीय रमेश खत्री, मार्मा गाउपालिका २ कि ३ वर्षीया सिम्रन सिह, शैल्यशिखर नगरपालिका ८ का धन सिह खत्री, दार्चुलाकै मार्मा गाउपालिका वडा नं २ का २४ वर्षीय जानकी सिहं र नौगाड गाउपालिक सिप्टीका पुरुन टमटा गरी ६ जना रहेका छन ।

यस्तै कञ्चनपुरका १० जना रहेका छन । भिमदत्त नगरपालिका २ का २५ वर्षीय दशरथ गिरी, शुक्लाफाटा नगरपालिका ६ का ६५ वर्षीय नर्मा धामी, शुक्लाफाटा ६ का ५५ वर्षीय हर्क बहादुर धामी, बेलौरी नगरपालिका ७ का २४ वर्षीया बिमला कुवँर र उहाँका २ वर्षीय छोरा नितेस कुवर, भिमदत्त नगरपालिका ६ का २४ वर्षीया दिपा चन्द, भिमदत्त नगरपालिका १ का ३५ वर्षीय नरेश पन्त, बेल्डाडी ३ का नरेन्द्र सिह साउद, भिमदत्त ८ का ३० वर्षीया कल्पना कार्की, सोहि ठाँउका ६ वर्षीय कौशल सावद गरी १० जना रहेका छन ।

यसैगरी कैलालीका ६ जना घाइते भएका छ । फुलबारी १८ का ३५ वर्षीय दिनेश चौधरी र सोहि ठाँउका २२ वर्षीय बिसाल घर्तीमगर, गोदावरी नगरपालिका २ का २९ वर्षीय यज्ञराज कठायत, गोदावरी ३ का बेद प्रकास धामी, गौरीगंगा नगरपालिका ११ का २५ वर्षीय बिरेन्द्र चौधरी, फुलबारीका २३ वर्षीय लोकन्द्र बस्नेत गरी ६ जना घाइते भएका हुन ।

यसैगरी काठ्माण्डौका १९ वर्षीय अजी लामा, काठ्माण्डौ गोकणेश्वर ४ का कर्ण बहादुर बिष्ट र २२ वर्षीय अस्मिता बिष्ट रहेका छन । यसैगरी अछामको चौरपाटी ४ का २१ वर्षीय अमृत कुमाल पनि घाइते भएका छन ।

गाडी धनी समेत रहेका चालक बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ खोचलेकका विरेन्द्र कार्की समेत घाइते रहेका छन् । क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकोले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । दुर्घटनामा परेको बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । यात्रुहरुका अनुसार तिब्र गति र बसमा प्राविधिक समस्या आएकोले दुर्घटना भएको बताइएको छ ।

बस दुर्घटनाको भिडियो (दृश्य) सामाग्री हेर्न यहाँ क्लीक गर्नुहोस

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?