दार्चुला । बैतडीको खोडपेमा गए राति बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन ।
दार्चुलाबाट महेन्द्रनगर तर्फ जादै गरेको ना ५ ख ५१४१ नम्बरको बस जयपृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत खोडपेमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
७ जनाको शव जिल्ला अस्पताल बैतडीमा पु¥याइएको छ । भने एक जनाको शव अझै निकाल्न नसकेको बैतडी प्रहरीले जनाएको छ । बसको बडीले किचेको अवस्थामा रहेको डोगडाकेदार गाउँपालिकाका ६ का करन ऐरको शव बसको बडी काटेर वा जमिन खनेर निकाल्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण प्रसाद अधिकारीले बताउनुभयो ।
मृतक मध्ये केहीको पूूर्ण पहिचान खुलेको छ भने केहीको ठेगाना खुल्न बाँकी रहेको जनाइएको छ । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रण बहादुर चन्द, करन ऐर रहेका छन ।
ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका अन्य २ जनाको भने खुल्न सकेको छैन ।
दुर्घटना परि घाईते भएकाहरुको सनाखत भएको छ । घाईते हुनेमाहरुमा वीरबहादुर कार्की,बिमला कुवर, नितेश कुवर, दिपा चन्द, बिमला बढु, अशोक जोशी, जनक धानुक, धन सिंह खत्री, जानकी सिंह, लोकन्द्र बोहरा अमृत कुमाल, दिनेश चौधरी, विशाल घर्तीमगर, कर्ण बहादुर विष्ट, अस्मीता विष्ट, नरेश पन्त, बल्देव सिंह कार्की, यज्ञराज कठायत, नरेन्द्र साउँद, वीरेन्द्र चौधरी, लोकेन्द्र बस्नेत, सुरज लोहार, दशरथ गीरी, नरमादेवी धामी, अमृत विक, पुरन टमटा, अजि लामा, कल्पना कार्की, कौशल साउँद,वेदप्रकाश धामी, रमेश खत्री र सिम्रन सिंह रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
गए राति करिब १० बजेतिर बैतडीको पाटन नगरपालिका– ८ खोडपेमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनामा परेको डिएसपी अधिकारीले बताउनुभयो ।
घाइतेहरूलाई राति नै उद्धार गरी डडेलधुरा अस्पताल पु¥याइएको छ । गम्भीर घाइते ७ जनालाई थप उपचारका लागी धनगढी पठाइएको बैतडी प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण अझै खुलेको छैन । बसका ड्राइभर पनि घाइते भएका छन् ।





प्रतिक्रिया