बैतडीको पाटन नगरपालिकामा ट्याक्टर दुर्घटना हुदा चालकको घटनास्थलमै ज्यान गएको छ ।
दशरथचन्द राजमार्ग अन्तरगतको पाटन नगरपालिका वडा नम्बर ४ को जोलाबाजमा पाटन देखि दार्चुलातर्फ आउदै गरेको लु ४ प ६१७१ नम्बरको ट्याक्टर दुर्घटना हुदा बर्दीयाको बारबर्दीया नगरपालिका वडा नम्बर ८ का खेम राज ढकालको मृत्यु भएको हो ।
टेक्टरमा चालक एक्लै सवार रहेको ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी सहायक निरीक्षक चन्द्रराज गिरीले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




