दार्चुला । नेपालीहरुको दोस्रो महान पर्व तिहार नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी तिहार मनाउन जिल्लाबासीहरुमा आग्रह गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार (आज) एक सूचना जारी गदै स्वास्थ्य सुरक्षा मापदण्डपालना गरी परिवारका सदस्यहरु विचमात्रै चाडपर्व मनाउन आग्रह हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले कारोना सङ्क्रमणको जोखिम कायमै रहेकोले तिहार, छठजस्ता पर्वमा देउसी भैलो तथा जुवातास नखेल्न समेत सबैमा आग्रह गरिएको छ ।

प्रशासनले मठ मन्दीर तथा सार्वजनिक स्थानमा सामुहिक रुपमा भेला भई भिडभाड हुने गरि कुनै पनि धार्मिक क्रियाकलाप, मेला, जात्रा मनाउन समेत रोक लगाएको छ ।

त्यस्तै देउसी भैलो नखेल्न, पटाका लगायत कुनैपनि प्रज्वनशील पदार्थ नपडकाउन समेत सुचना मार्फत जानकारी गराएको छ । कोरोना महामारीको विद्यमान अवस्थालाई मध्यनजर गरि यस वर्ष दर्शनार्थीका लागि भने पूजाआजामा रोक लगाइएको छ ।

सूचनाको अबज्ञा गरेमासङ्क्रामक रोग ऐन २०२० बमोजिम कावाही गरिने पनि निर्णय गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?