दार्चुला । दार्चुला एफएमका स्टेशन म्यानेजर एबं एभिन्युज टेलिभिजनका दार्चुला सम्वाददाता पत्रकार कमलराज जोशी कोरोना भाइरसमुक्त हुनुभएको छ ।
कोरोना तिजेसंगै धनगढीस्थित कोभिड अस्पतालबाट डिस्चार्ज भएको जोशीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।
कोरोना संक्रमणपछि चिन्ता, चासो व्यक्त गर्दै स्वास्थ्यलाभको कामना गर्ने सबैलाई उहाँले धन्यबाद व्यक्त गर्नुभएको छ ।
कार्तिक १८ गते सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको स्वाब परीक्षणमा पत्रकार जोशीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएको १२ औँ दिनमा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको उहाँले बताउनुभयो ।
दार्चुला जिल्ला भित्र २६१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २५९ जनाले कोरोना जितेर २ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।
धनगढी लगायत जिल्ला बाहिरका अस्पतालमा संक्रमण पुष्टि भएकाहरुको संख्या भने यसमा नजोडिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।




