कोरोना भाइरसका कारण दार्चुलामा एक जना पुरुषको मृत्यु भएको छ ।

दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिला बस्ने ३० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

शनिवार श्वास प्रश्वासमा समस्यामा आउँदा उपचारको लागि धनगढी लगिएका उहाँको बैतडीको सतबाँझ पुर्याउदा बाटोमा मृत्यु भएको थियो ।

श्वास प्रश्वासमा अत्याधिक समस्या देखिएपछि उहाँलाई महाकाली नगरपालिको एम्बुलेन्सबाट धनगढी लगिएको थियो ।

कोरोना संग मिल्दाजुल्दा लक्षण देखिएपछि उहाँको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि बैतडी प्रयोगशाला पठाइएको थियो । प्रयोगशालामा परीक्षण गर्दा उहाँमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

मृतक पुरुष नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत कर्मचारी हुनुहुन्थ्यो ।

यो संगै दार्चुलामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

दुई जनाको उपचारका लागि जिल्ला अस्पताल दार्चुलाबाट पठाएपछि सुदूरपश्चिमै तथा एक जनाको प्रदेश बाहिर नै उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?