डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीमा भाईटिकाको राती अत्यधिक मदिरा सेवन गरेर एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन ।

सोमबार राती परशुराम नगरपालिका–७ साँदनी ठुलागडा टोल बस्ने ४५ बर्षीय करन पुन मगरले अत्याधिक मदिरा सेवन गरेर ४० बर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।

भाईटिकाको दिन माईती पुगेर दाजुभाईलाई टिका लगाएर घर फर्केकी मृतक पुनमगरसँग अत्याधिक मदिरा सेवन गरेका श्रीमानको सामान्य विवाद भएको र विवादका क्रममा कुटपिट हुँदा घरको भित्तामा टाउको ठोक्किएर श्रीमतीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक रमेश अवस्थीले बताउनुभयो ।

प्रहरीले श्रीमतीको हत्यामा संलग्न पुन मगरलाई नियन्त्रणमा लिइसकेको र शवको पोष्टमार्टमका लागि जोगबुडा अस्पताल पुगाइएको प्रहरी निरिक्षक अवस्थीले जानकारी दिनुभयो ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको र हत्यामा संलग्न पुनमगरलाई कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

मृतकका चार छोरा र दुई छोरी छन् । दुबै छोरीको बिहे भइसके पनि छोराहरु सानै रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?