सुदूरपश्चिममा एक महिनामा ५६ सवारी दुर्घटना हुदा २८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा दशैँ र तिहारको अवधिमा ५६ वटा सवारी दुर्घटना घटेका छन् ।

दुर्घटनामा २८ जनाको मृत्यु भएको छ भने १२६ जना घाइते मध्ये ७८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दशैको अवधि अर्थात कार्तिक १ गतेदेखि कार्तिक मसान्तसम्म ५४ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परि १९ पुरुष, ६ महिला र २ बालबालिका गरि २७ जनाको मृत्यु भएको थियो । त्यस्तै ५४ पुरुष, २१ महिला र ३ बालक गरि ७८ जना घाइते भएका छन् ।

तिहारको अवधीमा २ वटा सवारी साधनहरु दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

यसैबीच ३ सवारी साधन र २ सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?