दार्चुला । जिल्ला अपाङ्ग संघ दार्चुलाको चौथो साधारण सभा नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको छ ।
अपाङ्ग संघ दार्चुलाका तत्कालिन अध्यक्ष कमल सिह धामीको अध्यक्षता तथा महाकाली नगरपालिका वडा नम्बर २ का वडा सदस्य लोहिना सितोलीको प्रमुख आतिथ्यतामा साधारण सभा उद्घाटन भएको हो ।
अपाङ्ग संघ दार्चुलाको चौथो साधारण सभाबाट गणेश गिरी अध्यक्ष बनेका छन् ।
उपाध्यक्षमा कलावती महर, सचिव गौरसिह बडाल, कोषाध्यक्ष जनकसिह धामी, सदस्यहरुमा काशिराज बडू, रामदत्त बिष्ट, लालमती मन्याल, बिरेन्द्र बडाल, अनुप निरौला, गोपाल सिह महर चयन भएका छन् ।
साधारण सभा कार्यक्रमको सञ्चालन महाकाली नगरपालिका वडा नम्बर २ का रामदत्त बिष्टले गर्नुभएको थियो । अपाङ्ग संघ दार्चुलाले अपाङ्गहरुको हक हितमा आवाज उठाउने नवनिर्वाचित अध्यक्ष गिरीले बताउनुभएको छ ।





प्रतिक्रिया