बैतडीका ८४ मध्ये १२ वडामा मात्रै नयाँ भवन

बैतडीका ८४ वडा मध्ये १२ वडामा नयाँ भवन निर्माण भएका छन्। स्थानीय तहमा जनप्रतिनिधि आएपछि ३ वर्ष बढीको अवधिमा १२ वडाका मात्रै नयाँ भवन निर्माण भइ त्यहाँबाट सेवा प्रवाह भइरहेका छन्।

राज्य पुनर्संरचना गर्दा कुनै पनि सरकारी भवन नभएका वडालाई प्राथमिकतामा राखेर भवन निर्माण भएका स्थानीय तहहरूले जनाएका छन्। जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा अहिले वडा नम्बर ७ र ८ को भवन निर्माणाधिन अवस्थामा छ।

पाटन नगरपालिकाको वडा नम्बर ९, ७ र ३ मा नयाँ भवन निर्माण गरिएको छ भने वडा नम्बर १० र ४ मा भवन निर्माणको काम भइरहेको नगरप्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका १० वडा मध्ये ३ वडामा नयाँ भवन बनेका छन्। २ वडामा यो वर्ष निर्माणाधिन अवस्थामा छन्।

पञ्चेश्वर गाउँपालिकाका ६ वडा मध्ये वडा नम्बर ३ मा मात्रै भवन बनेका छ भने अन्य वडाहरूले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले जानकारी दिनुभयो । साविकका गाविस भवन प्रयोग गरेर वडाका सेवाहरू प्रवाह भइरहेको छ ।

जिल्लाको शिवनाथ गाउँपालिकामा ३ वडामा अहिले भवन निर्माणको काम भइरहेको उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिनुभयो‌। उहाँले भन्नुभयो, हामीले गाउँपालिकाको नयाँ भवन निर्माण गर्‍यौं। अब वडाका भवन निर्माणको काम गरिरहेका छौं। अहिले साविकका गाविस भवनबाट काम सञ्चालन गरिरहेका छौं।’

जिल्लाको मेलौली नगरपालिकाका ९ वडा मध्ये वडा नम्बर ७ र ९ मा मात्रै आफ्ना पुराना भवन छन् भने अन्य वडाहरूमा भाडाका घरमा सञ्चालन भइरहेका छन्। चालु आर्थिक वर्षमा केही वडाका नयाँ भवन बनाउने तयारी भएको नगरप्रवक्ता सुरतसिंह नेगीले जानकारी दिनुभयो ।

यस्तै, दोगडाकेदार गाउँपालिकाका ८ वडा मध्ये कुनैमा पनि नयाँ भवन बनेका छैनन्। केही वडामा पुराना भवन र केही भाडाका घरमा सञ्चालन भइरहेका गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले बताउनुभयो ।
जिल्लाको सुर्नया गाउँपालिकाको वडा नम्बर ३ मा मात्रै नयाँ भवन बनेको छ। अन्य वडा कार्यालयहरू साविकका गाविस भवन र भाडाका घरमा सञ्चालन भइरहेका छन्।

पुर्चौंडी नगरपालिकाको वडा नम्बर ७ मा नयाँ भवनबाट सेवा प्रवाह भइरहेको छ भने अन्य ४ वडामा भवन निर्माण कार्य जारी छ डिलाशैनी गाउँपालिकामा पनि ७ वटै वडामा पूरानै भवनबाट सेवा प्रवाह भइरहेको छ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि सबैभन्दा बढी सिगास गाउँपालिकामा ६ वडाका नयाँ भवन निर्माण भएका छन्। वडा नम्बर १, ३, ४, ५, ७ र ९ मा नयाँ भवनबाट सेवा प्रदान भइरहेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । -थाहाखबरबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?