दार्चुला । जागृति युवा समाज अन्तरगत “समाज सुधारका लागि युवा एकता अभियान“ लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीको आयोजना तथा विभिन्न व्याक्ति र संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा ५ दिने नि:शुल्क स्वास्थ्य, पशु, कृषि र दन्त सेवा शिविर शुरु भएको छ । “कृषिमा क्रान्ती, स्वास्थ्यमा सुधार र पशुपालनमा जोड, समाज रुपान्तरण गर्ने तपाई हाम्रो सोच” भन्ने नाराका साथ शिविरको उद्घाटन गरिएको हो ।
मंसिर ३ गते देखी ७ गतेसम्म सञ्चालन हुने नि:सुल्क ५ दिने स्वास्थ, पशु, कृषि तथा दन्त सेवा शिविरको बुधबार बिहान लेकम गाउँपालिका १ डोबिगाउँमा उद्घाटन भएको छ । शिविरको पहिलो दिन १०८ जनाले बिउबिजन पाएका छन् । १९ जनाले माटो परीक्षण गराएका छन् । ५३ जनाले पशु सम्बन्धि सेवा लिएका छन् । स्वास्थ्य ७३ जनाले स्वास्थ्य सेवा तथा परामर्श पाएको कार्यक्रम संयोजक दिपक बिष्टले बताउनुभयो ।
समाज सुधारका लागि युवा एकता अभियानका अध्यक्ष महादेब साउदको अध्यक्षतामा उद्घाटन भएको शिविर कार्यक्रममा लेकम गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष दौलतसिह साउदको प्रमुख आतिथ्यता रहेको थियो । साविकको रिठाचौपाता गाविसका भूतपूर्व प्रधानपञ्च ग्यानदेव मिश्र, हुनैनाथ आवि डोबिगाउँका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन सिंह साउद लगायतको उपस्थितिमा कार्यक्रम उद्घाटन भएको लोकदर्पण टिभी युटुब च्यानलका सम्पादक तथा रेडियो लोकदर्पणका सम्बाददाता हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।
शिविरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि दौलतसिह साउदले कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । शिविर पाँच दिनसम्म सञ्चालन हुने समाज सुधारका लागि युवा एकता अभियानका संयोजक दिपक विष्टले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रमको सञ्चालन पुष्कर बिष्टले गर्नुभएको थियो । उक्त शिविरमा रेडियो लोकदर्पण र लोकदर्पण टिभी डटकम अनलाइन पोर्टन मिडिया पार्टनर रहेका छन् ।
मंसिर ३ गते हुनैनाथ आधारभूत विद्यालय डोविगाउँ, मंसिर ४ गते श्री लटिनाथ आधारभूत विद्यालय चौड बित्थड र पन्चदेब आधारभुत बिद्यालय बिनखाली, मंसिर ५ गते केदारनाथ आधारभूत बिद्यालय बित्थड, मंसिर ६ गते मालिकार्जुन आधारभुत बिद्यालय बण्डोलीमा र मंसिर ७ गते बडिपुर माबि सर्मोलीमा शिबिर संचालन हुने आयोजकले बताएका छन् ।

आधारभुत स्वास्थ्य शिबिरमा सुगर प्रेसर लगायत समान्य रोगहरुका निःशुल्क औषधि बितरण, रक्तचाप जाँच, नियमित औषधि सेवन गर्ने दीर्घ रोगीहरुको लागि औषधि वितरण गर्ने, दाँत, कान र घाँटी सम्बन्धि समस्याको चेकजाँच, चिकित्सकहरुले कोरोना तथा अन्य संक्रामक रोगहरु सम्बन्धि सल्लाह सुझाव दिने, कृषि प्रशिक्षकद्वारा सल्लाह सुझाव तथा परामर्श दिनुका साथै माटो परीक्षण गरीने, तरकारीको बीउँ बिजन निशुल्क वितरण गरिने, पशु चिकित्सक द्वारा सुझाव सल्लाह तथा परामर्श दिनुका साथै पशुमा लाग्ने सङ्क्रामक रोगको भ्याक्सिन तथा औषधि बितरण भइरहेको समाज सुधारका लागि युवा एकता अभियानका संयोजक दिपक विष्टले बताउनुभयो ।








प्रतिक्रिया