भन्सार छलेर दार्चुला ल्याउदै गरेको ५ लाखको अबैध सामान बरामद

दार्चुलामा पछिल्लो सात महिनाको अवधिमा ५ लाख मूल्य पर्ने अबैध सामान बरामद गरिएको छ । भारत संगको सीमा नाकाबाट भन्सार छली ल्याएको ५ लाख बढीको अबैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सात महिनाको अवधिमा सबैभन्दा बढी भारतीय बिडि बरामद गरिएको प्रहरीको तथ्याङ छ । चालु आर्थिक बर्षको साउन महिनामा महाकाली नगरपालिकाको लास्कु खोला बाट एक सय ६० बण्डल अबैध बिडि बरामद गरिएको छ । त्यस्तै साउन महिनामै विभिन्न विषाक्त औषधी एक सय पत्ता बरामद गरिएको छ ।

भाद्र महिनामा महाकाली नगरपालिकाका विभिन्न स्थानबाट पाईभेन स्पास प्लस नामक विषाक्त औषधी ५३ पत्ता र इक्वोप कफ २२ डिब्बा बरामद गरिएको छ । व्यास गाउँपालिकाको घट्टे बगडबाट १८ क्युफिट सल्लाको काठ बरामद गरिएको छ । व्यासकै वडा नम्बर ५ मा भारत बाट भन्सार छलि ल्याएको ९० जोर चप्पल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

असोज महिनामा मालिकार्जुन गाउँपालिकाको पस्ती बाट ६ पेटी भारतीय बिडी र ६० प्याकेट सुर्ती बरामद गरिएको छ । कार्तिक महिनामा महाकाली नगरपालिका ४ बाट ४० प्याकेट सुर्ती र तीन सय ५३ किलोग्राम मिठाई बरामद गरिएको छ । कार्तीकमै लेकम गाउँपालिकाको कुणी बाट ५३ दर्जन पटाका, एक सय २६ थान चक्काराम नामक अबैध पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यसरी दार्चुलामा पछिल्लो समय अबैद तस्करी बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ । भारतसंगको खुल्ला सीमा नाकाको कारण पनि अबैध सामान तस्करी बढेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दको भनाई छ । सिमा नाकामा भईरहेको अबैध तस्करी रोक्नको लागी अहिले प्रहरीले शशस्त्र प्रहरी संग मिलेर सीमा नाकामा कडाई गरिरहेको उहाँले बताउनुभयो ।

भारतबाट भित्रिने अधिकासं सामान महाकाली नदी तारेर ल्याउने गरिएको छ । नेपाल भारत जोड्ने सीमा पुलहरु आठ महिनादेखि बन्द रहेको अवस्थामा भन्सार कार्यालयमा राजश्व संकलन सुन्य भएको छ । भन्सार छलेर महाकालीबाट करोडौँको सामान आयात गरिएको श्रोतको भनाई छ ।

दार्चुलामा व्यापारीक प्रयोजनका लागि दैनिक जसो विभिन्न स्थानबाट महाकाली नदी तारेर सामान आयात हुने गरेको भएपनि प्रहरीले बिरलै मात्र फेला पार्ने गरेको छ ।

सीमा क्षेत्रमा एक दर्जन बढी स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति भएपनि सीमा नाकामा निगरानी अझै नपुगेको जनगुनासो छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?