दार्चुला । कोरोना भाईरसको जोखिमका कारण बन्द रहेका दार्चुलाका अधिकांस स्थानीय तहले विद्यालयहरु सञ्चालनमा ल्याएका छन । सरकारले कोरोना भाइरस कोभिड–१९ को प्रभाव नभएको ठाउँमा विद्यालय खोल्न सम्बन्धित स्थानीय तहलाई जिम्मा दिएपछि जिल्लाका विद्यालयहरुमा पढनपाढन सुरु भएको हो ।
दार्चुलाका स्थानीय तहले सामाजिक दुरी कायम गरेर बन्द रहेका विद्यालय पुन खुलाउन कार्यविधी जारी गरेसँगै विद्यालयहरु सञ्चालन भएका हुन् । कोरोना भाईरको कारण गत चैतबाट विद्यालयहरु बन्द रहेका थिए । विद्यलाय बन्द भएपछि सरकारले असार १ गते बाट वैकल्पिक शिक्षण सिकाइ सुरु गरेको थियो । सरकारले सम्बन्धित विद्यालयहरुको निरीक्षण अनुगमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।
सोहि अनुसार जिल्लाको लेकम गाउँपालिकामा पनि विद्यालय खुलेका छन । सरकारले तोेकेको मापदण्डको पालना गरि विद्यालयहरुमा पढनपाढन सुरु भएको गाउँपालिकाका शिक्षा शाखा स्रोत ब्यक्ति मोहन देव विष्टले जानकारी दिनुभयो । त्यस्तै महाकाली नगरपालिकाले बुधबारदेखि नगरपालिकाका सबै विद्यालयहरु पढनपाढन सुरु गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख ईश्वरी ठगुन्नाले जानकारी दिनुभयो ।
दुहुँ गाउँपालिकाले पनि बुधबारबाट सबै विद्यालयहरु खुला गरेको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्दै गाउँपालिकाभरीका विद्यालयहरु खुला गरिएको गाउँपालिकाले जनाएको छ ।
जिल्लाको अपि हिमाल गाउँपालिका २३ वटै विद्यालयहरुमा पनि बुधबारदेखि पढनपाढन सुरु भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र साउदले जानकारी दिनुभयो । मार्मा गाउँपालिकाले पनि विद्यालयहरुमा पढनपाढन सुरु गरेको छ । गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा दशै अगावै बाट पढनपाढन सुरु गरिएको गाउँपालिकाका शिक्षा शााख अधिकृत राजेन्द्र प्रसाद जोशीले बताउनुभयो । त्यस्तै व्यासँ गाउँपालिकामा पनि विद्यालयहरु छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिनुभयो ।
मालिकार्जुन गाउँपालिकाले भने विद्यालय सञ्चालन गरेको छैन् । विद्यालय सञ्चालन गर्न अझै केहि समय लाग्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जयसिंह धामीले जानकारी दिनुभयो ।
शैल्यशिखर नगरपालिकाले पनि नगरशिक्षा समितिको बैठक बसि मंसिर ७ गतेबाट विद्यालय सञ्चालनको तयारी भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्टले जानकारी दिनुभयो । नगरपालिका भित्रका ५१ सामुदायिक र ६ वटा संस्थागत विद्यालयहरुलाई पुर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि सञ्चालनको तयारी भईरहेको विष्टले बताउनुभयो ।
नौगाड गाउँपालिकाले पनि शिक्षा समितिको बैठक राखी आवश्यक छलफल पछि विद्यालय सञ्चालनको तयारी गरिने गाउँपालिकाका शिक्षा शाखा अधिकृत लोकेन्द्र सिंह धामीले बताउनुभयो ।
स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै विद्यालयहरुमा पठनपाठन शुरु गरिएको जनाइएको छ ।





प्रतिक्रिया