दार्चुला । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणको लागि २२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।
मंसिर १० गतेदेखि सुरु हुने बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको क्यानले जनाएको हो । कोरोनाको जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर बन्द प्रशिक्षण गरिने क्यानले जनाएको छ । क्यानले पर्सि खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ ।
कोरोना भाइरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागेको हो ।
क्यानले बन्द प्रशिक्षणमा बोलाएका २२ खेलाडी
ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, वसन्त रेग्मी, सुसन भारी, पवन सरार्फ, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, भुवन कार्की, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), शरद भेषावकर, विनोद भण्डारी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, कुशल मल्ल, सन्दीप जोरा, पारस खड्का, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल, राशिद खान र किशोर महतो ।
प्रशिक्षक : जगत टमाटा





प्रतिक्रिया