दार्चुला । दार्चुला जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (ख) मा मात्रै चालु आर्थिक वर्षमा सडक निर्माण र स्तरोन्नतीका लागि झण्डै अढाई अर्ब बजेट विनियोजन गरिएको प्रदेश सभा सदस्य मानबहादुर धामी शन्तोषले जानकारी दिनुभयो ।

प्रेस संगठन नेपाल दार्चुलाले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभा सदस्य धामीले नेकपाको सरकारले विकासमा द्रुत गतिमा फड्को मारिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, नेकपा सरकारले ल्याएको विकासको अवधारणालाई अनुसरण गर्दै सुदूरपश्चिम प्रदेश सरकारले पनि विकास निर्माणका कामहरु गरिरहेको छ ।

चालु आर्थिक वर्षमा खलंगा, दल्लेख, देथला, गोकुलेश्वर, पारिवगर खण्डेश्वरीसम्मको कालोपत्रे सडक निर्माण वा स्तरोन्नती गर्न, मार्मा गाउँपालिका र प्रदेश सरकारको समपुरक बजेटमा तपोवन देखि सितोला मुरै निम्ठासम्म सडक निर्माण गर्न, गोकुलेश्वर बोहरीगाउँ बन्तोली कालोपत्रे सडक निर्माण गर्न, दल्लेख नागु सिना सडक, पारिवगर, गुल्जर हुदै बझाङ जोड्ने सडक लगायत थुप्रै सडकहरुमा देखिएको बजेट र कार्य प्रगति लाई हेर्दा हामी हाम्रो कार्यकाल भित्र दार्चुलाको निर्वाचन क्षेत्र नम्बर १ को ख का ८० प्रतिषत बस्तीमा सडकको पहुच पुर्याउछौँ, प्रदेश सभा सदस्य धामीले भन्नुभयो ।

नेपाल सरकारको लक्ष्य अनुसार सन २०२२ भित्र प्रतेक घरधुरीसम्म विद्युत विस्तार भइसक्ने नेता धामीको भनाई छ । विद्युतिकरणमा विगतदेखि ढिलासुस्ती भइरहेको कुरा उल्लेख गर्दै उहाँले निर्माण कार्यलाई तिब्रता दिन सरोकारवालाहरुलाई झकझकाउने काममा सहयोग गर्न पत्रकारहरुलाई अनुरोध गर्नुभयो । जिल्लाको समग्र विकासको लागि आफुहरु लागिपरेको उहाँको भनाई छ ।

जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा विकासे अड्डा र सुरक्षा, प्रशासन कार्यालयका प्रमुखहरु उपस्थित नभएको भन्दै उहाँले विकासका लागि जनप्रतिनिधि र प्रशासन विच समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

संघीय र प्रदेश निर्वाचन क्षेत्र विकास पुर्वाधार कार्यक्रम अन्तरगतको बजेटबाट दार्चुला सदरमुकाममा पीसीआर मेसिन, अक्सिजन प्लान्ट, भेन्टिलेटर, दुई वटा आईसियु बेड र गोकुलेश्वर अस्पतालमा भेन्टिलेटर र दुई वटा आइसियु बेड राख्ने सहमति भएको छ, प्रदेश सभा सदस्य धामीले भन्नुभयो, यो वर्ष कोरोना महामारीसंग जुध्नका लागि स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौँ ।

नेपाली काग्रेशको तर्फबाट निर्वाचित स्थानीय तह प्रमुखहरु र प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले आफुहरुको प्रस्तावमा स्वास्थ्य सामाग्री खरिद हुन लागेको भनेर गलत प्रचार गरिरहेको भन्दै विकासमा राजनीति नगर्न अनुरोध गर्नुभयो । पूर्वाधार विकास साझेदारी कार्यक्रमको परामर्श समिति संयोजक सासंद गणेश ठगुन्ना रहेको र सासंद बडू बजेट विनियोजन गर्न आयोजित छलफलमै उपस्थित नभएको बताउदै नेता ठगुन्नाको प्रस्तावमा हामीहरुले सहमति गरेर पीसीआर मेसीन, अक्सिजन प्लान्ट, भेन्टिलेटर र आइसियु बेड किन्ने निर्णय भएको प्रदेश सभा सदस्य धामीले स्पष्ट पार्नुभयो ।

विगतमा जिल्ला समन्वय समिति र स्थानीय तहहरुले मिलेर आरटी पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेपनि जिल्ला समन्वय समिति र महाकाली नगरपालिका बिच कसले खरिद गर्ने भन्ने र समन्वय समिति र नगरपालिका बिच कमिसन लोभमा भएको टकराबको कारण मेसीन खरिद नभएको उहाँको आरोप छ । विगतमा भइसकेको निर्णय कार्यान्वय गर्न नसक्ने नेपाली काग्रेशबाट निर्वाचित जनप्रतिनिधिहरुले अहिले सस्तो लोकप्रियताका लागि आफुहरुको प्रस्तावमा मेसिन खरिद भइरहेको भन्ने झुटो प्रचार गरिरहेको उहाँको भनाई छ ।

सासंद बडू समितिमा सदस्य मात्रै रहेको र छलफलमै उपस्थित नभएको अवस्थामा बडूको प्रस्तावमा स्वास्थ्य सामाग्री खरिदको निर्णय भयो भन्नु जुन गोरुको सिह छैन त्यसको नाम तिखे भनेजस्तो हो उहाँले नेता बडूतर्फ इगिंत गर्दै भन्नुभयो ।

बजेट कार्यान्वयनका लागि स्थानीय तहहरुको खातामा आइसकेपछि कार्यान्वयनका लागि ढिलासुस्ती नहोस भन्नका लागि सबै मिलेर खबरदारी गर्नु आवश्यक रहेकोमा नेताहरुले जोड दिएका छन् । जनप्रतिनिधिले गरेको गल्तीमा खबरदारी गर्न पत्रकारहरुले उहाँले आग्रह समेत गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामीको मन्तब्य सहितको भिडियो हेर्न यो लिकंमा क्लिक गर्नुहोस    

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?