नेपाल आयल निगमले ९० दिनको पेट्रोलियम भण्डारण डिपो निर्माण गर्न सुदूरपश्चिम प्रदेशमा अध्ययन थालेको छ ।
हरेक प्रदेशमा ९० दिनलाई पुग्ने पेट्रोलियम भण्डारण गृह बनाउने सरकारी नीति बमोजिम प्रदेशमा पेट्रोलियम भण्डारण गृह बनाउन प्रस्तावित क्षेत्रको उद्योग मन्त्रीसहितको टोलीले आइतबार अध्ययन अवलोकन गरेको हो ।
नयाँ भण्डारण गृह बनाउन कैलाली जिल्लाको गोदाबरी नगरपालिकास्थित शिवशक्ति महिला सामुदायिक वनको ३० बिगाह जमिनमा प्राप्त गर्ने निगमको प्रारम्भिक तयारी छ । उद्योगमन्त्री भट्ट र निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहितको टोलीले अवलोकन गरेपछि जग्गा प्राप्तिको थप प्रक्रिया अघि बढाइएको निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले जनाएको छ ।





प्रतिक्रिया