परीक्षा लिने तयारीमा त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण गत चैत–वैशाख महिनामा रोकिएका परीक्षा सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ ।

परीक्षा सञ्चालनसँगै छ महिनापछि नयाँ वर्षबाट नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी पनि त्रिविको छ । त्रिभुवन विश्वविद्यालयले सुरक्षा मापदण्ड अपनाएर परीक्षाको तयारी गरिरहेको जनाएको छ ।

कोरोना महामारीका कारण काठमाडौंमा अध्ययनरत् विद्यार्थीलाई मोफसलमा घरपायक परीक्षा केन्द्र रोज्ने अवसर पनि दिइएको छ ।

यो शैक्षिकसत्रको रोकिएको र हुनुपर्ने बाँकी परीक्षाहरु चैत मसान्तसम्म सक्ने तयारी त्रिविको छ ।

सामान्यतया असोजबाट स्नातक तह र फागुनबाट स्नातकोत्तर तहको नयाँ शैक्षिकसत्र सुरु हुने विश्वविद्यालयमा मंसिर ९ गतेबाट सुरु हने कक्षा–१२ को परीक्षा तथा मंसिर २८ गतेबाट सुरु हुने तह चौथो वर्षको परीक्षाको नतिजा कम्तिमा तीन महिनाभित्र प्रकाशित भए स्नातक तथा स्नातकोत्तर तहको नयाँ शैक्षिकसत्र नयाँ वर्षबाट सुरु गर्न सकिने देखिएको छ ।

सामान्यतया असोजबाट स्नातक तहको नयाँ शैक्षिकसत्र सुरु हुने गरेकोमा यसपटक छ महिनापछि र स्नातकोत्तरको फागुनबाट सुरु हुने गरेकोमा दुई महिनापछि धकेलिँदै छ ।

स्नातक र स्नातकोत्तर तहमा परीक्षा नियमित नहुँदा करिब २० करोड खर्च बढ्ने अनुमान छ । परीक्षा केन्द्र बढाउने तथा सुरक्षा सावधानी अपनाउँदा खर्च बढ्न गएको हो । घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

एउटै जिल्लाभित्र परीक्षा केन्द्र परिवर्तन नहुने, अध्ययनरत् कलेजमा परीक्षा केन्द्र नहुने पनि त्रिविले जनाएको छ ।

नागरिकता जारी भएको स्थानीय तहभन्दा अन्य स्थानमा परीक्षा केन्द्र छनोट गरिएको खन्डमा परीक्षार्थी रहेको स्थानीय तहको सिफारिस चाहिने त्रिविले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?