भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु

डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु भएको छ ।

नवदुर्गा गाउँपालिका वडा नम्बर २ को ढोडनाको भीरबाट लडेर ३५ वर्षीया पुतली देवी भुलको मृत्यु भएको हो ।

बाटोमा हिड्दै गर्दा उनी शिशुसहित भीरबाट लडेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

यसैबिच कञ्चनपुरमा छतबाट लडेर युवक घाइते भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ का भरत जोशी आफ्नै २ तले घरको छतबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुरले थापाले जोशी धनगढीमा उपचारपछि डिस्चार्ज भइसकेको जानकारी दिनुभयो ।

उता डोटीमा जीपको ठक्करबाट एक जना पैदलयात्री घाइते भएको छन् । जिल्लाको दिपायल शिलगढी नगरपालिका वडा नम्बर २ इयरपोट खानिखोला नजिक दिपायल कच्ची सडक खण्डमा लु १ च ४६०० नम्बरको जीपले ठक्कर दिँदा आर्दश गाउँपालिका १ बस्न ४५ वर्षीय खडकबहादुर पार्कि घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मौता बाट दिपायल तर्फ गइरहेको सो जीपले ठक्कर दिँदा पार्किको टाउको र नाकमा चोट लागेको जनाइएको छ । उहाँको शैलेश्वरी अस्पताल उपचार भइरहेको छ भने जिप र चालक इलाका प्रहरी कार्यालय दिपायलको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?