घाँटीमा ढुंगा अड्किएर बालकको मृत्यु

कञ्चनपुरमा घाँटीमा ढुंगा अड्किएर एक बालकको मृत्यु भएको छ ।

बेदकोट नगरपालिका–९ सुन्दरपुरका भुपेन्द्र भट्टका १६ महिने छोरा साकारको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो।

घर आँगनमा खेल्ने क्रममा ढुंगा मुखमा हाल्दा घाँटीमा अड्किको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि कैलालीको धनगढी लगिएको थियो ।

बालकको उपचारका क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?