दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलामा सशस्त्र प्रहरी जवानका लागि आवेदन दिएका युवाहरुको प्रारम्भिक शारीरिक छनौट प्रक्रिया शुरु भएको छ । मंगलवार देखि सुरु भएको परीक्षणमा दैनिक २ सय जनाको शारीरिक परिक्षण भइरहेको छ ।
साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी जवान पद पुर्तिका लागि ४४ नम्बर गण हेडक्वाटर दार्चुलामा आवेदन फाराम दर्ता गराएका उम्मेदवारहरुको पहिलो चरण अन्तर्गतको प्रारम्भिक शारीरिक परिक्षण मंगलवारबाट सुरु भएको छ ।
दार्चुलाबाट सशस्त्र प्रहरी जवानमा एक हजार दुई सय ६९ जनाले आवेदन दरखास्त दिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति नरेन्द्र बमले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले २४ असोज २०७७ मा प्रकाशित विज्ञापन अनुसार भर्नाका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको तालिका प्रकाशित गरेको थियो । देशभरी एक हजार आठ सय ३३ जना सशस्त्र प्रहरी जवानको लागि भर्ना खुलाएको छ ।
जस अन्तर्गत खुल्लातर्फ दार्चुलाबाट एक हजार दुई सय ६९ जनाले दरखास्त दिएका छन् । त्यसै गरि महिलाबाट एक सय ८७ जना, आदिबासी जनजातीबाट पाँच जना, दलितबाट एक सय ६२ जना, बिभागिय पुरुषबाट तीन जना र पिछडिएको क्षेत्रबाट एक जनाले दरखास्त दिएका छन् ।





प्रतिक्रिया