धनगढी । इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन हुनुभयो ।

राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उहाँको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरियो। कैलाली प्रहरीमा हलचल मच्चियो भने प्रहरी अधिकृतहरु तनावमा परे।

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राति नै टोली खटाइयो भने प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरियो। तर, प्रहरी नायव उपरीक्षक चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतीसँग फेला पर्नुभएको छ ।

स्रोतका अनुसार उहाँ, ‘केटीसहित बिहान बुढीतोलामा रहेको एक होटलमा भेट्टिनुभयो । ‘केटी लिएर बुढीतोला जानुभएको रहेछ, डिस्टर्ब हुन्छ होला भनेर फोन अफ गर्नुभयो होला, यता सम्पर्कविहीन भएपछि खोजी हुन थाल्यो।’

स्रोतले दिएको जानकारीअनुसार उहाँ, केटीसँगसहित रंगेहात समातिएका हुन्। प्रहरीले उक्त घट्नालाई लुकाउन खोजेका छन्। यता, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले नायव उपरीक्षक चौधरी आज बिहान आफैँ सम्पर्कमा आएको बताउनुभयो । युवतीसँग भेटिएको कुरामा सत्यता नभएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक सिहंले भन्नुभयो,‘सम्पर्कविहीन भएपछि खोजी गरेका हौं, उहाँ नेटवर्क नभएको ठाउँमा जानुभएको रहेछ, सम्पर्कमा आइसक्नुभएको छ।’ उहाँका अनुसार चौधरीले सूचना संकलन गर्न गएको भने पनि उहाँसँग अन्य प्रहरी अधिकृत भने गएका थिएनन्।

चौधरीलाई अहिले जिल्ला प्रहरीका कार्यालय कैलालीमा राखिएको छ। -स्रोत थाहाखबर

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?