राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ओपनर रित गौतमसहित पाँच खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ ।

यसअघि गएको शुक्रबार प्रशिक्षणमा बोलाइएका २२ खेलाडी मध्ये १६ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि क्यानले पाँच खेलाडी बोलाउने निर्णय गरेको हो ।

क्यानले रितसँगै अर्का युवा विकेटकिपर तथा ओपनर अनिलकुमार शाह, आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल, युवा ब्याट्सम्यान लोकेश बम र तीब्र गतिका बलर बिक्रम शोबलाई बन्द प्रशिक्षणमा थप्ने निर्णय लिएको छ ।

यी खेलाडी यसअघि बोलाइएको बन्द प्रशिक्षणमा अटाएका थिएनन् । कप्तान ज्ञानेन्द्र मल्लसँगै उप कप्तान दीपेन्द्र सिंह ऐरी, युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र चालक प्रदीप लामामा कोरोना संक्रमण पुष्टि भएको क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?