बैतडीमा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ न्वालीका अन्दाजी ४५ वर्षीय पदम भुलको भिरबाट लडेर ज्यान गएको हो।
बुधबार राती ९ बजेको समयमा बनकाडा घर भएका भुल न्वाली बजारबाट घर जाने क्रममा भिटा भन्ने स्थानबाट खसेको बताइएको छ ।
स्थानीयहरुले आज बिहान मृतक भुलको शब फेला पारेका हुन् ।
मृतक भुलका ३ छोरा २ छोरी रहेको स्थानीय दौलत लुहारले बताउनुभयो ।





प्रतिक्रिया